Breaking News

काठमाडौं–दिल्ली नियमित उडान शुरु

Banner

 काठमाडौं  पुस,२-

आजबाट भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ । सरकारले ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गर्दैछ ।

ए–३२० जहाजको उडान सवा ११ः२० बजेका लागि निर्धारित रहेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । ‘दिल्ली जाँदा र आउँदा दुबै उडानमा राम्रो अक्कुपेन्सी छ,’ उनले भनिन्, ‘यात्रु संख्या भने विमानस्थलबाट आइसकेको छैन ।’

नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ । भारतले एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत हवाई उडान खुकुलो बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>