चितवन विशेष

दाहालको अध्यक्षतामा खुल्यो ‘हरित ग्रह नेपाल’

Banner

चितवन, पुस १–

प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्ने उद्धेश्यले निशान दाहालको अध्यक्षतामा ग्रीन प्लानेट नेपाल (हरित ग्रह नेपाल) संस्थाको स्थापना भएको छ ।

यस संस्थामा जीव शास्त्र, प्राणी शास्त्र, बनस्पति शास्त्र र वातावरण विज्ञानमा अध्ययनरत विद्यार्थीहरु छन् । जसको उपाध्यक्षमा सोम जमरकट्टेल, सचिवमा स्मारिका अधिकारी, सह–सचिवमा कञ्चन सापकोटा, र कोषाध्यक्षमा मुस्कान अर्याल छन् । सदस्यहरुमा औनिशा महतो, छवि लामिछाने, सिजन न्यौपाने, सिला पौडेल रहेका छन् ।

संस्थाले वातावरण, वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति संरक्षण, अनुसन्धान, व्यवस्थापनमा संस्थाले काम गर्ने दाहालले बताए । वीरेन्द्र बहुमुखी क्याम्पस र सप्तगण्डकी बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीहरु रहेको यस संस्थाले पढाईसंगै विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन पनि सहयोग गर्ने उनीहरुको विश्वास छ । संस्थाले आफ्नो कार्य क्षेत्र चितवनलाई बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>