चितवन विशेष
सिजी ल्याण्डमार्कको ‘द फन रेसिडेन्सी’मा क्रिसमस विशेष सांगितिक कार्यक्रम हुने

चितवन पुस १-
चितवनको भरतपुर स्थित सिजी ल्यान्डमार्कमा रहेको ‘द फन रेसिडेन्सी’ (होटल चितवन) मा क्रिसमसको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । आज होटलले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर यही पुस ९ गते क्रिसमस विशेष सांगितिक कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । होटलको छैठौं तलामा हुने कार्यक्रममा लोकप्रिय गायक निशान भट्टराइले सांगितिक प्रस्तुती दिने कार्यक्रम रहेको होटलका प्रबन्धक दिपेन्द्र पोखरेलले जानकारी दिए । कार्यक्रममा लाइभ बार बि क्यू, गला डिनर,लाइभ सेन्टा क्लज, क्रिसमस ट्री, आकर्षक सरप्राइज गिफ्टको समेत व्यवस्था गरिएको उनले बताए ।
कार्यक्रममा सहभागि हुन चाहानेको लागि २०२० रुपैँयाको टिकटको व्यवस्था गरिएको छ । यस्तै होटलले आउँदै गरेको अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा ‘न्यू एयर इभ’ कार्यक्रम पनि आयोजना गर्न लागेको उनले जानकारी दिए । नेपाल आइडलका टप ‘थ्री’ मा पर्न सफल गायक किरण भूजेलसहित स्थानीय केहि चर्चित ब्रान्डहरुले प्रस्तुती रहने प्रबन्धक पोखरेलले जानकारी दिए । नयाँ वर्षको स्वागतमा लाइटसहितको बेलुन उडाउने तथा अतिसवाजी गर्ने कार्यक्रम राखिएको होटलकी मार्केटिङ म्यानेजर श्रीशा भट्टराइले बताइन । क्रिसमस र नयाँ वर्षको दुवै कार्यक्रममा नेपाल सरकारले तोकेको कोभिड स्वास्थ्य प्रोटोकल अनुसार गरिने भट्टराइले जानकारी दिइन ।
कोरोनाका कारण थलिएको कर्पोरेट क्षेत्रलाई अगाडि बढाउन तथा नयाँ वर्षसँगै नयाँ उत्साहाका साथ अगाडि बढ्न कार्यक्रम आयोजना गरिएको उनले बताइन ।
सिजी ल्यान्र्डमार्कको पाँच तलामाथी सञ्चालित होटलमा ४८ वटा कोठा , दुईवटा सेमिनार हल स्वीमिङ पुल खुल्ला एवम् रमणीय स्काई लाउन्च ,स्काई स्पोर्ट वार, ३६० लाउन्च रहेको छ । होटल भरतपुर विमानस्थल देखि ५ मिनेटको दुरीमा रहेको छ ।
























