Breaking News

अन्ततः अध्यादेश फिर्ता लिन सहमत भए प्रधानमन्त्री ओली

Banner

काठमाडौं, पुस १–

पार्टी भित्रै र बाहिरबाट तीव्र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राष्ट्रपतिबाट पारित संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्।

स्थायी कमिटी बैठक अघि बालुवाटारमै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीले सहमति जनाएका हुन् । यो सहमति पछि नै प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठकमा सहभागिता जनाएका छन् ।

यस्तै ‘प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति भएसँगै सत्तारूढ दल नेकपाका सांसदहरूले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ लगेको निवेदन पनि फिर्ता गर्ने सहमति जुटेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>