Breaking News

तीन घण्टापछि सुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओली पनि सहभागी

Banner

काठमाडौ,पुस १-

करिब तीन घण्टा लामो विवाद र छलफलपछि बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच दुई पटकसम्मको छलफलपछि स्थायी कमिटी बैठक सुरु भएको हो। दिउँसो १ बजे बस्ने भनिएको बैठक अपरान्ह ४ बजे सुरु भएको हो। यो बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन्। १ बजे बस्‍ने भनिएको बैठक अघि अध्यक्ष दाहाल र ओलीबीच एक घण्टा लामो छलफल भएको थियो।

जहाँ ओलीले दाहाललाई आफूविरुद्ध सचिवालयमा पेश गरिएको आरोपपत्र फिर्ता लिए मात्रै बैठकमा सहभागी हुने अडान लिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>