Breaking News

रत्ननगर उद्योग वाणिज्य संघमा नेकपाको बर्चश्व,वरिष्ठ उपाध्यक्षमा गिरी विजयी

Banner

 चितवन,मंसिर ३०-

रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी विजयी भएका छन । २१ औं साधारणसभा तथा नवौं अधिवेशनबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका गिरीले कांग्रेस प्यानलका देवेन्द्र कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । जम्मा १३२५ मतदाता रहेको संघमा सोमबार भएको निर्वाचनमा ११९१ मत खसेको थियो । मंगलबार सकिएको मतगणनामा गिरीले ६०४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी श्रेष्ठले ५४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । अन्य पदाधिकारीमा पनि नेकपा प्यानलको बर्चश्व रहेको छ ।

बणिज्य तर्फको उपाध्यक्षमा भिमनारायण श्रेष्ठ बिजयी भएका छन् । उनले ५ सय ३७ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कविन घिमिरेले ३ सय ७७ मत ल्याए । सोही पदका लागि स्वतन्त्र उम्मेदवार देवी डल्लाकोटीले २ सय १३ मत ल्याए । यस्तै, उद्योग तर्फको उपाध्यक्षमा पुरु खनाल बिजयी भएका छन् । उनले ५ सय ८१ मत प्राप्त गरे भने निरञ्जन थापाले ५ सय ४१ मत ल्याए । यस्तै एसोसियट तर्फ राममणि थपलिया बिजयी भएका छन् । उनले ६६ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदावर हरी अधिकारीले ५३ मत ल्याएका छन । संघको महासचिवमा निराजन खनाल विजयी भएका छन् । खनालले ६ सय ६३ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माधव पौडेलले ४ सय ६० मत ल्याए । त्यस्तै कोषाध्यक्षमा उपेन्द्र आचार्य बिजय भएका छन् उनले ६ सय ४० मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदवार मिना उप्रेतीले ४ सय ७३ मत ल्याइन । महिला सदस्य तर्फ पनि नेकपा निकट प्यानलकी निर्मला सुबेदी बिजयी भएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार बाणिज्य तर्फको सदस्यहरुमा ईश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुबेदी, सुरेन्द्र पाण्डे, अर्जुन बास्ताकोटी, उत्तम घिमिरे, प्रकाशमणि सापकोटा, शुर्य प्रकाश रेग्मी तथा उद्योग तर्फको सदस्यहरुमा बिरञ्जना सापकोटा, महेन्द्र घिमिरे, रामप्रसाद पाण्डे, अनुप बिसुराल, सुबास मिश्र र उद्धव प्रसाद कोईराला बिजयी भएका छन् । त्यस्तै बस्तुगत सदस्यमा कृष्ण सेढाई र एसोसियट सदस्यहरुमा जोगेन्द्र महत्व सँगै लेजिक कृष्ण सागर बिजयी भएका छन् । संघमा यसअघि बस्तुगत तर्फको उपाध्यक्षमा कांग्रेस निकट ब्यबसायी रघु भट्ट निर्वीरोध भईसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>