Breaking News
संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा र देउवा अनुपस्थित
०

काठमाडौँ,मंसिर ३०-
प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक केही बेरअघि सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणासहित उक्त बैठक सुरु भएको हो। यस बैठकमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भने उपस्थित भएका छैनन्।
बैठकका लागि सरकारले आज एक अध्यादेशमार्फत् कानून संशोधन गरेर ६ सदस्यीय संवैधानिक परिषद्को बैठक अध्यक्षसहित ३ जना उपस्थित भए बस्न सक्ने व्यवस्था गरेको थियो। यस परिषद्ले विभिन्न संवैधानिक अंगमा खालि रहेका पदाधिकारीको नियुक्तिका लागि सिफारिश गर्नेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























