Breaking News
गौतमबुद्ध कप क्रिकेटः उपाधिका लागि आज नारायणी र राप्ती भिड्दै
०

चितवन,मंसिर ३०-
गौतमबुद्ध कप क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि नारायणी र राप्ती खेल्दैछन् । खेल चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
दुवै टिम वाग्मतीलाई हराएर फाइनलमा पुगेका हुन् । अस्ति आइतबार भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले र शनिबार भएको पहिलो खेलमा सुपर ओभरमा नारायणीले वाग्मतीलाई हराएको थियो । हिजो भएको औपचारिक खेलमा राप्तीले नारायणीलाई १ विकेटले हराएको थियो । वाग्मती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























