चितवन विशेष

गृहमन्त्रीद्धारा योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय अवलोकन

Banner

चितवन,मंसिर २९-

गृहमन्त्री रामबहादुर थापाले निरोगी जनता भए मात्र समृद्ध देश निर्माण गर्न सकिने बताउनुभएको छ । भरतपुर महानगरपालिका–१ मा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देश समृद्ध हुन पहिला जनता निरोगी हुनुपर्ने उल्लेख गर्नुभयो । “नेपाली रोगी छन् भने सुखी हुन सक्दैनन्”, उहाँले भन्नुभयो, “सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पनि पूरा हुँदैन । देश समृद्धतर्फ पनि जान सक्दैन ।”

मन्त्री थापाले कोभिड–१९ ले अर्थतन्त्र र समृद्ध नेपाल निर्माणमा ठूलो असर पारेकाले अव स्वास्थ्य हँुदै निरोगी नेपाली, समृद्ध नेपालको निर्माणमा अगाडि बढ्नु पर्ने उहाँको भनाइ थियो । सरकारले यस्ता प्राकृतिक चिकित्सालय निर्माणमा विशेष जोड दिने प्रतिबद्धता पनि मन्त्री थापाले व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिकाको व्यवस्थापनमा सञ्चालनमा रहेको चिकित्सालयले हालसम्म ३८६ जनाको सफल उपचार गरिसकेको छ । प्राकृतिक चिकित्साको मध्यमबाट उपचार गर्ने चिकित्सालयमा लक्षण नदेखिएका बिरामीलाई उपचार गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>