चितवन विशेष
कोरोनाले रोकिएको वे ग्रुपको सरसफाइ अभियान पुन सुचारु

चितवन, मंसिर २९-
सरसफाइको क्षेत्रमा काम गर्दै आएको वे गुप्र नेपालले ‘हप्ताको एक दिन एकछिन समाजका लागि’ सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कोरोनाका कारण रोकिएको सरसफाइ कार्यक्रम आजदेखि औपचारिक रुपमा सुरु भएको हो । सोमबार भरतपुरमहानगरपालिकाको चौबिसकोठीमा सरसफाइ गरिएको वे गुप्र नेपालका अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिए । कोरोनाको जोखिमको बेला पनि सरसफाइकै कामहरु चौतारो संरक्षण, रंगरोगनलगायतका कामहरु गरेर सरसफाइ अभियानलाई निरन्तरता दिएको अध्यक्ष कँडेलले बताए । आजको सरसफाइ कार्यक्रममा वागमती प्रदेश सभाका सांसद विजय सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीहरुको विशेष उपस्थिति पनि रहेको थियो ।

वे गुप्र नेपालले नियमित रुपमा विगत पाँचवर्षदेखि सरसफाइको कार्यक्रम गर्दै आएको छ । वे गुप्रले फोहोरमैला भएको स्थानमा सम्बन्धित टोलसुधार समिति र वडालगायतको समन्वय र सहकार्यमा सरसफाइ गर्दै आएको कँडेलले बताए । सरसफाइ गर्नुपर्ने ठाउँमा उल्टै फोहोर गरेको थाह पाएमा वेग्रुपले स्थानीय सरकारमार्फत कारबाहीसमेत गर्दै आएको छ । सरसफाइ मात्र नभई वातावरण संरक्षणको लागि बिरूवा रोप्ने, बगैँचा बनाउने र गोडमेल गर्नेजस्ता कामसमेत गर्दै आएको छ ।

संक्रमणको जोखिम यथावत नै रहे पनि सामाजिक दूरी कायम गरी र अन्य सुरक्षा सावधानी अपनाएर थप सरसफाइ तथा वातवरण सम्बन्धी कामलाई निरन्तरता दिने उनले बताए । सरसफाइ गर्नुपर्ने ठाउँमा उल्टै फोहोर गरेको थाह पाएमा वे ग्रुपले स्थानीय सरकारमार्फत कारबाहीसमेत गर्दै आएको छ । सरसफाइ मात्र नभई वातावरण संरक्षणको लागि बिरूवा रोप्ने, बगैँचा बनाउने र गोडमेल गर्नेजस्ता कामसमेत गर्दै आएको छ।


























