चितवन विशेष
चितवन शुक्रनगरका प्रहरी हवल्दारले गरे आत्महत्या
०

चितवन, मंसिर २९-
जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले आइतबार राति आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार भरतपुर महानगरपालिका–२४ शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको रुखमा ढकालले पासो लगाएर आत्महत्या गरेका हुन्। प्रहरी निरीक्षकको टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टम गर्न भरतपुर अस्पतालमा ल्याइएको थापाले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























