Breaking News
सरकार हटाउने र व्यवस्था उल्टाउने सपना नदेखे हुन्छः गृहमन्त्री बादल

चितवन,मंसिर २९-
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिलेको संघीय गणतान्त्रिक व्यवस्था र सरकार हटाउने सपना नदेख्न चेतावनी दिनुभएको छ । पछिल्लो समय देशव्यापी रुपमा सरकार विरोधी प्रदर्शनहरु भइरहेका बेला गृहमन्त्री थापाले गृहजिल्ला चितवनमा पत्रकारहरुसंग कुरा गर्दै सरकार र यो व्यवस्था उल्टाउने र विस्थापित गर्ने सपना पुरा नहुने बताउनुभएको हो ।
‘अहिलेको राजनीतिक शक्ति र व्यवस्था उल्ट्याउनका निम्ती उनिहरु शक्रिय भएका छन,उहाँले भन्नुभयो’,यो सन्दर्भमा राजाबादीका गतिविधिहरु र अरु शक्तिहरु पनि सतहमा आइरहेका छन् ।’ ‘कोरोनाको संकटका समयमा सरकारलाई पनि विस्थापित गर्न सकिन्छकी भन्ने उद्देश्यले सरकार विरोधी शक्तिहरु सल्बलाएका छन्,आजको काँग्रेसको देशव्यापी प्रदर्शन पनि त्यही उद्देश्यले गरिएको हो, यी सबै मृगतृष्ण हुन्’ उहाँले भन्नुभयो ।

कांग्रेस,विप्लव र राजावादी सबै शक्ति व्यवस्था विरोधी भएपनि उनिहरुमा भिन्नता रहेको उहाँले बताउनुभयो । ‘राजाबादीहरु गणतन्त्र विस्थापित गरेर राजतन्त्र पुनस्थापना गर्न चाहान्छन । विप्लबहरुको उद्देश्य यो व्यवस्थाहरु बिस्थापित गरेर समाजबादी क्रान्ती गर्ने भन्ने हो । गणतन्त्र विरोधी होइनन् । नेपाली काँग्रेस सरकार विरोधी शक्ति हो । उहाँले भन्नुभयो ।’ काँग्रेसले पनि सरकार बिस्थापित गर्ने अवसरको रुपमा लिएको र अहिले त्यही प्रकारका कृृयाकलापहरु गरिरहेको उहाँले बताउनुभयो ।
अर्को प्रशंगमा गृहमन्त्री बादलले पार्टी भित्रको विरोध र आलोचना एउटा प्रकृया भएको बताउनुभयो । ‘पार्टीभित्र आलोचना र मतभेद हुन्छ,उहाँले भन्नुभयो’,यी सबै सरकारलाई सुदृढ गर्ने र पार्टीलाई मजवुत बनाउने सम्बन्धमा उठेका विषय हुन ।’ उहाँले स्थायी कमिटीको बैठक चलिरहेकोले यो बैठकले नै पार्टीको समस्याहरु हल गर्ने धारणा राख्नुभयो । उहाँले कुनैपनि हालतमा पार्टी नफुट्नै भन्दै अझ सुदृढ भएर अघि बढ्ने बताउनुभयो ।
























