Breaking News
ललिता निवास जग्गा प्रकणः अख्तियारका पूर्वप्रमुख आयुक्तलाई थुनामा पठाउन अदालतको आदेश
०

काठमाडौं,मंसिर २८-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको ठहर गर्दै आज (आइतबार)पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो ।
न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो । उहाँमाथि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























