Breaking News

रत्ननगर उद्योग बाणिज्य संघको अधिवेशन सुरु, भोली मतदान हुने

Banner

चितवन,मंसिर २८-

रत्ननगर उद्योग बाणिज्य संघ चितवनको २१ औं साधारण सभा तथा नवौं अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनमा बरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको निर्वाचन हुँदैछ । साधारण सभाको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका व्यवसायीहरुले उद्योग र व्यापारलाई आधुनिकतामा रुपान्तरण गर्नुपर्ने बताए । उनले देशमा उद्योग व्यापार फष्टाउन सकेमात्र संमृद्धि हांसिल गर्न सकिने धारणा राखे ।

साधारण सभाको बन्द सत्रमा महासचिव निराजन खनालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष देविप्रसाद डल्लाकोटीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा विभिन्न प्रस्तावहरु पारित भएको छ ।  कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाल ढकाल,नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ,संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सांसद हरि अधिकारी, प्रदेश सांसद कृष्ण खनाल,घनश्याम दाहाल,कन्चन खनाल लगायतको सहभागिता रहेको थियो । भोली सोमवार विहानबाट सुरु हुने मतदानबाट बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु चयन हुदैछन । संघको नेतृत्व हात पार्न नेकपा र नेपाली काँग्रेस निकटका व्यवसायीहरु दुई प्यालन चुनावी मैदानमा छन । संघको वरिष्ठ उपाध्यक्ष सहित २१ पदमा निर्वाचन हुँदै छ । त्यसका लागि ४३ जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन ।

मतदानमा बरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली काँग्रेस निकटका व्यवसायी देबेन्द्रकुमार श्रेष्ठको प्रतिस्पर्धा हुदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>