चितवन विशेष

विद्यालयमा राजनीति बन्द गर्न सरोकारवालाको माग

Banner

चितवन, मंसिर २८-

चितवनमा विद्यालय तथा शैक्षिक संस्थामा अत्यधिक बढी राजनीतिक हस्तक्षेप बढेको भन्दै सरोकारवालाहरुले राजनीति बन्द गर्न माग गरेका छन् ।

७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल चितवन शाखाले गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो माग गरेका हुन् । कार्यक्रममा सरोकारवालाहरुले चितवनमा विद्यालयमा राजनीतिक हस्तक्षेप बढ्दै गएकोले शिक्षा क्षेत्रको गुणात्मक रुपान्तरण हुन नसकेको बताए । उनीहरुले विद्यालको व्यवस्थापन समिति गठनदेखि शिक्षक नियुक्तिसम्ममा राजनीतिक हस्तक्षेप बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा सरोकारवालाहरुले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने र संघीय शिक्षा नीति कार्यान्वयन गर्नु पर्ने जस्ता सुझाव दिएका छन् । कार्यक्रममा स्थानीय पालिकाहरुले शिक्षाको लागि यथेष्ट बजेटको व्यवस्था गर्नु पर्ने, अनौपचारिक शिक्षालाई सँगसँगै लैजानु पर्ने एवम् संविधान प्रदत्त अधिकार प्रत्याभूत गराउन सरोकावाला पक्षले घचघच्याइ रहनु पर्ने कुरामा जोड दिएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान काठमाडौंको आर्थिक एवम् प्राविधिक सहयोगमा एनसीए नेपाल चितवनले सरोकारवालाबीच शिक्षा अधिकार सुनिश्चितताका लागि सरोकारवालाको भूमिका विषयमा अन्तरक्रिया गरेको हो । एनसीई नेपाल जिल्ला शाखा चितवनका संयोजक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेशका संयोजक प्रकाश खतिवडा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा रुसेक नेपाका सचिव ईश्वरीप्रसाद पण्डितले सहभागीलाई स्वागत गरेका थिए ।

मानव अधिकारको अभिन्न अंग शिक्षालाई निःशुल्क, अनिवार्य, गुण्स्तरीय र सीपमूलक बनाउनु सरोकारवालाको भूमिकाबारे वाग्मती प्रदेशका संयोजक प्रकाश खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि शिक्षा विकास तथा समन्वय इकाइ चितवनका शाखा अधिकृत दिपेन्द्रराज श्रेष्ठ, पूर्वजिल्ला शिक्षा अधिकारी एवम् शिक्षा सेवा समाज चितवन र नवलपरासीका अध्यक्ष लोकनाथ पौडेल शिक्षा पत्रकार समाज वाग्मती प्रदेशका संयोजक बसन्त पराजुली, गैसस महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष सुरेश अधिकारी, नयाँ किरण माविका प्रधानाध्यापक रामेश्वर अधिकारी, दियालो परिवारका निर्देशक डिलबहादुर नेपाली, पूर्वशिक्षक बालकुमारी कन्या माविकी विद्यादेवी सुवेदी, चितवन बार एसोसिएसनकी सहसचिव अधिवक्ता शोभा भट्टराई, युथ क्लब नारायणगढका अध्यक्ष रामबाबु श्रेष्ठ, सेतो गुराँस बाल विकास सेवा संस्थाकी सदस्य सरिता भट्टराई, ईसीडी शिक्षक निरञ्जना पौडेल, मोहन निमाविका शिक्षक पुरुषोत्तम वाग्ले, युवा सम्मान नेपालका अध्यक्ष खगराज ओझा, यौनजन्य हिंसा विरुद्ध साझा अभियान चितवनकी संयोजक संगिता भट्टराई, रामेश्वर पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियालगायतले टिप्पणी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>