चितवन विशेष

भरतपुरको हिमाली टोलमा खनालको नेतृत्व

Banner

चितवन, मंसिर २८-

भरतपुर महानगरपालिका–१० मा रहेको हिमाली टोलविकास संस्थाको अध्यक्षमा बद्री खनाल चयन भएका छन् ।

टोल विकास संस्थाको आइतबार सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा साधना पोखरेल, सचिवमा मुन्नीदेवी पोखरेल, र कोषाध्यक्षमा डिलकुमार श्रेष्ठसहित ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

सोही अवसरमा रेवती सापकोटा अध्यक्ष रहने गरी उपाध्यक्षमा निर्मला पौडेल, सचिवमा सीता भट्टराई, कोषाध्यक्षमा सीता विष्टसहित ११ सदस्यीय आमा समूह गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अरुणपीडित भण्डारी, वडा सदस्य माया नेपाली, जनशीतल टोलका उपाध्यक्ष राजेन्द्र अर्याल, समाजसेवी प्रदीपकुमार पोखरेल,संस्थाका सल्लाहकार भानु उपाध्याय, जनक अधिकारी, डा.हरिहर पोखरेल, खड्गकुमार श्रेष्ठ, आमा समूहकी अध्यक्ष नारायणी लम्साललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष शोभासचन्द्र धितालको अध्यक्षतामा भएका कार्यक्रम संस्थाकी सचिव साधना पोखरेलले सञ्चालन गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>