Breaking News

कांग्रेस चितवनले भोली भरतपुरमा शक्ति प्रदर्शन गर्ने, २५ हजार कार्यकर्ता सडकमा उतार्ने

Banner

चितवन,मंसिर २८-

कूशासन, भ्रष्टाचार र दमन विरुद्ध भोली नेपाली कांग्रेस चितवनले भरतपुरमा सरकार विरोधी प्रदर्शन गर्ने भएको छ । आज (आइतबार) पार्टी कार्यालय कमलनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनका लागि सबै तयारी पुरा भएको कांग्रेस चितवनले जनाएको छ ।

प्रर्दशनमा जिल्लास्थित सबै पालिकाका ९८ वडाबाटै पार्टी नेता कार्यकर्ता र भातृ संगठनहरु सहभागी गराइने नेपाली कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रर्दशन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ, श्रेष्ठले भन्नुभयो,तरुणदलले स्वयमसेवक यसमा खटिनेछन ।’ उहाँले प्रदर्शनमा कम्तिमा २५ हजार नागरिक उपस्थित हुने अपेक्षा राखिएको बताउनुभयो । सबै पार्टी कार्यकर्ता र आम नागरिकलाई सडकमा आएर प्रदर्शन गर्न उहांले आब्हान गर्नुभयो । सभापती श्रेष्ठले भोलीको प्रर्दशनमा स्थानिय स्तरमा भएका भ्रष्टाचार र व्यतिथीका मुद्धा पनि उठाइने बताउनुभयो ।

भोलीको प्रदर्शनलाई कांग्रेसले शक्ति प्रदर्शनका रुपमा समेत लिएको छ । शान्त र रचनात्मक बनेको कांग्रेस अब भने सरकार विरुद्ध कडारुपमा सदन र सडकमा प्रस्तुत हुने नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताउनुभयो । उहांले प्रदर्शनमा आफ्ना जनवर्गीय संगठनहरुलाई कांग्रेसले अग्र मोर्चामा उभ्याउने बताउनुभयो ।

२९ गते दिउसो १२ः३० बजे भरतपुरको चौविसकोठीबाट सुरु हुने ¥याली नारायणगढको पुल्चोकमा पुगेर बिरोधसभामा परिणत हुनेछ । सभालाई नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व अर्थमन्त्री डा.रामशरण महतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न समेत नेपाली कांग्रेसले अपिल गरेको छ ।

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै कांग्रेसको आरोप छ । ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।’ कांग्रेस चितवनले भनेको छ ।

सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा भएको बताउँदै कांग्रेसले जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको समेत बताएको छ । कांग्रेस चितवनका २६ हजार बढि क्रियाशिल सदस्य छन ।पत्रकार सम्मेलनमा पार्टी जिल्ला उपसभापती कैलाश कोइराला,सहसचिव राजन कार्की,कोषाध्यक्ष शंकर कंडेल लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>