चितवन विशेष

चितवनमा एक दर्जन बढी पत्रकारहरु पुरस्कृत

Banner

चितवन, मंसिर २७-

पत्रकार महासंघ चितवनको साधारणसभाको अवसरमा चितवनका एक दर्जन बढी पत्रकारहरु पुरस्कृत भएका छन् ।

महासंघले साधारण सभाको अवसरमा शनिबार पत्रकारहरुलाई हौसला र उर्जा दिनको लागि जनही १० हजारदेखि ५० हजार बढीका पुरस्कारहरु प्रदान गरेको हो ।

मैयादेवी पत्रकारिता पुरस्कार–२०७६ र २०७७ बाट हरिप्रसाद पोखरेल र दिपेन्द्र बडुवाल, अनन्त गंगा पत्रकारिता पुरस्कारबाट रेशम विरही र ईश्वर जोशी पुरस्कृत भएका छन् । दुवै पुरस्कारको राशी जनही ५१ हजार १११ र ५० हजार ५१ रुपैयाँ रहेको छ ।

त्यसैगरी जनही ११ हजार ३११ रुपैयाँको तिलचन्द्र शाखी स्मृति पत्रकारिता पुरस्कारबाट नारायण सापकोटा र अनिल ढकाल सम्मानित भएका छन् । त्यस्तै जनही ११ हजार १११ रुपैयाँ राशीको बालकुमारी–विष्णुकुमारी नारी अभ्युदय पत्रकारिता पुरस्कारबाट सविता महतो र सुजिता हमाल पुरस्कृत भएका छन् ।

त्यसैगरी सुजाश्री मैयादेवी पुरस्कार २०७६ र २०७७ बाट अनिता अर्याल र सविता दराई पुरस्कृत भएका छन् । यस पुरस्कारको रकम जनही १० हजार १११ रुपैयाँ रहेको छ । पत्रकार महासंघले साधारण सभाको अवसरमा उत्तरध्वज सूर्यकुमारी पत्रकारिता पुरस्कारबाट सूर्य पाठकलाई सम्मानित गरेको छ । यस पुरस्कारको राशी १० हजार १११ रुपैयाँ रहेको छ । पत्रकार महासंघले चितवन उद्योग संघको सहयोगमा यसैवर्षबाट वितरण गर्न सुरु गरेको औद्योगिक पत्रकारिता पुरस्कारबाट होमनाथ सापकोटा र प्रविण बराल पुरस्कृत भएका छन् । पुरस्कारको राशी जनही ११ हजार १११ रुपैयाँ रहेको छ । कार्यक्रममा पुरस्कृतको तर्फबाट अनन्त गंगा पत्रकारिता पुरस्कार प्राप्त गर्ने अग्रज पत्रकार रेशम विरही र मैयादेवी पत्रकारिता पुरस्कार स्थापनामा सहयोग गर्ने समाजसेवी टंकनाथ पौडेलले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>