Breaking News
विप्लव समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोज्यो, राज्यले वार्ता गरोस्ः डा.भट्टराई

काठमाडौं,मंसिर २७-
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको बताएका छन् । शुक्रबार बेलुका सामाजिक सञ्जाल ट्वीटमार्फत डा.भट्टराईले सो कुरा बताएका हुन् । उनले चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको बताउदै भने,चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बॉदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ।
मोरङको मिक्लाजुङ गाउँपालिकाका–१ सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको ज्यान लिइएको घटनामा टिप्पणी गर्दै डा भट्टराईले गलत नीति त्याग्न चन्दसमूहलाई आग्रह गरेका छन् । उनले भने,कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ। उनले चन्दसमूहसँग वार्ता गर्न सरकारलाई अग्रह पनि गरेका छन् ।
उनले भनेका छन् ,चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बॉदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ। व्यक्तिहत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ। चन्दसमूहले गलत नीति त्यागोसः राज्यले सार्थक वार्ता गरोस् !
























