Breaking News

चितवनको जलबिरेमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते

Banner

चितवन । चितवनको जलबिरेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ९ः५५ बजे ईच्छाकामना गाउँपालिकाका– ६ जलबिरेस्थित भित्री सडकखण्ड हुँदै चण्डिभञ्जाङबाट नारायणगढ मुुग्लिन सडकतर्फ आइरहेको ना. ४ च ५०५० नम्बरको बोलेरो दुर्घटना भएको हो । बलेरो आँफै अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बिजुलीको पोलमा ठोकिन जाँदा करेन्ट सर्ट भएको थियो ।

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ११ जनालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>