मकवानपुर

साना मिडियाका लागि प्रभावकारी नीति ल्याउन माग

Banner

हेटौंडा, मंसिर २२-

नेपालमा साना लगानीका मिडियाको प्रवद्र्धनका लागि सरकारले प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकतामाथि वक्ताहरुले जोड दिएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको संयोजनमा सोमबार हेटौँडामा आयोजित ‘पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले साना लगानीका मिडिया सङ्कटमा पर्न थालेकाले यसको प्रवद्र्धनका लागि सरकारले प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

प्रेस काउन्सिल नेपालकी सदस्य सङ्गीता खड्काले सबै खाले मिडियाको प्रवद्र्धनमा काउन्सिलले सरकारका विभिन्न निकायमा पहलकदमी अघि बढाएको बताइन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाइँको अध्यक्षतामा कार्यक्रम भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>