Breaking News

कोरोनाको प्रवाह नगरी चितवनका होटल र पार्टी प्यालेसमा विवाहको रमझम

Banner

चितवन,मंसिर २२-

गत चैतदेखि बन्द भएका पार्टी प्यालेसहरुलाई मंसिरको विवाह लगनले पुरानै लयमा फर्कने संकेत दिएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले जमघट, सभा, समारोहलगायतका कार्यक्रमहरु गर्न बन्देज लगाएसँगै ठप्प बनेका पार्टी प्यालेसहरुमा भने मंसिर १६ पछि चहलपहल देखिन थालेको चितवनका होटल व्यवसायीहरुले बताएका छन् ।

पार्टी प्यालेसहरु स्वतःस्फुर्त रूपमा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनमा आएपनि केही पार्टी प्यालेसहरु सरकारले खोल्न दिने निर्णय पर्खेर बसेका छन् । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले होटल व्यवसायमा सुखद संकेत देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,“होटल र पार्टी प्यालेसहरु क्रमशः संचालनमा आएका छन,सामाजिक दुरी र स्वास्थ्य सावधानीका मापदण्ड पुरा गर्न अनुरोध गरेका छौ ।”

ठूला होटलहरुमा सामाजिक समारोहहरु गर्न दिने तर पार्टी प्यालेसहरुमा सोही प्रकृतिका समारोह गर्न सरकारले अवरोध गरेको भन्दै व्यवसायीहरुले स्वतःस्फुर्त रूपमा गत मंसिर १६ गतेबाट बुकिङ लिन सुरु गरेको व्यवसायीको भनाई छ । “बैंकको कर्जा, भाडासँगै कर्मचारी टिकाउनै मुस्किल भएपछि बाध्य भएर होटल पार्टी प्यालेस चलाउनुपर्ने अवस्था छ,,’ श्रेष्ठले भन्नुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले होटलकै रुपमा संचालनमा आएका पार्टी प्यालेसलाई रोक नलगाइएको बताउनुभयो । उहाँले पार्टी प्यालेस खोल्ने भन्ने सरकारबाट औपचारिक निर्णय त भएको छैन तर जनजिवनलाई सामान्य अवस्थामा फर्काउनका लागि प्रशासनले धेरै कडाइ गरेको छैन । उहाँले कुनैपनि होटल र पार्टी प्यालेसले एक डेढसय मान्छे जम्मा गरेर विवाह लगायतका समारोह गर्न नपाउने बताउनुभयो । उहाँले एक पटकमा थोरै मान्छे सहभागी हुनेगरी कार्यक्रम गर्न सबैमा अनुरोध गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>