Breaking News
दार्चुलाको मालिकार्जुनमा ट्रक दुर्घटना, तीनजनाको मृत्यु
०

बैतडी,मंसिर २२-
दार्चुलाको मालिकार्जुन गाउपालिका–१ भर्तोलामा ट्रक दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन्। मृतक दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिए।
गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक आइतबार राति १० बजे दुर्घटना भएको हो। ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























