Breaking News

चितवनमा मंसिर २९ गते कांग्रेसको प्रदर्शन गर्ने, सरकारले काम गर्न नसकेको आरोप

Banner

चितवन, मंसिर २१-

नेकपा नेतृत्वमा रहेको सरकारको कार्यशैलीको विरुद्धमा नेपाली कांग्रेस चितवनले प्रदर्शन गर्ने भएको छ । सरकार सर्वसत्ताबाद तर्फ लागेको,भ्रष्टचार मौलाएको ,कोभिड संक्रमणमा उचित व्यस्थापन गर्न असक्षम रहेको भन्दै सरकार विरुद्ध मंसिर २९ गते चितवन कांग्रेसले प्रदर्शन गर्ने तयारी गरेको हो । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा भएको दुव्र्यवहारको विरुद्ध पनि कांग्रेसको प्रदर्शन केन्द्रित हुने जनाइएको छ । आइतबार जिल्ला समितिको बैठकले केन्द्रीय समितिबाट निर्देशित कार्यक्रम अनुसार काण्डै काण्डको सरकारले काम गर्न नसकेको आरोप लगाउँदै जिल्लामा प्रदर्शन गर्न लागेको पार्टी सचिव उत्तम जोशीले बताए । दिउसो १२ः३० बजे भरतपुरको चौबीसकोठीदेखि नारायणगढको पुल्चोक पुगेर सभा गरिने सचिव जोशीले जानकारी दिए । सभालाई केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले क्रियाशिल सदस्यको छनौटलाई टुंगो लगाउने निर्णय गरेको छ । बैठकले पार्टी एकीकरणपछि फोरम लोकतान्त्रिकको भागमा रहेको जिल्ला सदस्य पदमा महाधिवेशन प्रतिनिधि मित्रनिधी तिवारीलाई मनोनित गरेको छ । साथै अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकाहरुलाई सोही बैठकले स्वागत गरेको थियो । हालसालै निधन भएका पार्टी रत्ननगरका पूर्वनगर सभापति खडानन्द पौडेल, पार्टीका नेता स्वर्गीय विष्णुविलास ढकालकी धर्मपत्नी विष्णुमाया ढकाललगायत प्रजातन्त्रका सेनानी, कृयाशिल सदस्य प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकप्रस्ताव पनि पारित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>