चितवन विशेष

भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको सिटी हाल निर्माणका लागि सम्झौता

Banner

चितवन,मंसिर २१-

चितवनमा अन्तर्राष्ट्रिय स्तरको सिटी हाल निर्माणका लागि सम्झौता भएको छ । भरतपुर महानगरपालिका १० मा निर्माण हुने सिटीहल निर्माणका लागि इन्डो सगुन जेभी र शहरी विकास डिभिजन कार्यालय चितवनविच सम्झौता भएको हो । बाइपास सडकसंग जोडिएको जिल्ला समन्वय समितिको ४ बिगाहा ४ कठ्ठा जग्गामा आधुनिक सिटीहल निर्माण हुन लागेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

सिटीहल निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट विनियोजन गरिसकेको र त्यसलाई सम्पन्न गर्न आवश्यक थप बजेट उपलब्ध गराउने सहमति भएको उहाँले बताउनुभयो । सिटीहल निर्माणका लागि डिपिआर र इआइएको काम समेत सम्पन्न गरिसकिएको छ ।

सिटीहल अन्तर्राष्ट्रिय स्तरको हुनेछ । जसमा ५ हजार सिट क्षमताको मुख्य सभाहल र ५ सय क्षमताको ३ वटा हल र अन्य साइटलाइन मिटीङ्गहलहरु हुने छन् । सभाहलमा अत्याधुनिक लाइट सिस्टम, साउन्ड सिस्टम, पर्याप्त पार्किङ्ग, मनोरम बँगैचा, फुटकोडका साथै सुरक्षा कक्षासमेत हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>