चितवन विशेष

समझदारी भोजाड सहकारीको १३ औँ साधारणसभा सम्पन्न

Banner

भरतपुर, मंसिर २०-

भरतपुर महानगरपालिका–११ मा रहेको समझदारी भोजाड बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मंसिर १३ गतेदेखि सुरु भएको १३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको हो । साधारणसभामा शेयर सदस्यहरुलाई आलोपालो गरी सहभागिता गराइएको थियो । यस साधारणसभाले आर्थिक वर्ष २०७७\०७८ को वार्षिक नीति तथा कार्यक्रम र अनुमानित वार्षिक बजेट पारित गरेको संस्थाका व्यवस्थापक अर्जुन लामिछानेले जानकारी दिए । तीन हजार ३८६ जना शेयर सदस्य रहेको यस सहकारीको ३५ करोड रुपैयाँ पुँजी रहेको छ । तीन वटा सेवा केन्द्र रहेको संस्थाको कार्यक्षेत्र भरतपुर महानगरपालिकाका १ देखि १७, १९ देखि २३ वडा रहेको लामिछानेले जानकारी दिए । २०६५ सालमा स्थापना भएको समझादारी बचत तथा ऋण सहकारी संस्था एक वर्ष अघि भरतपुर ११ कै भोजाड र आविश्कार बचत तथा ऋण सहकारीसँग एकीकरण भएको थियो ।

भरतपुर महानगरपालिका ११ का वडा अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समझदारी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष भानुभक्त शर्मा, तत्कालिन भोजाड बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वरप्रसाद गौतम, आविश्कार बचत तथा ऋण सहकारीका अध्यक्ष एकमायाँ बोहोरा तथा संस्थाका पूर्वअध्यक्ष, सल्लाहाकारहरुको सभागिता थियो । कार्यक्रम संस्थाका अध्यक्ष युवराम पौडेलको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>