चितवन विशेष

स्वास्थ्य स्वयमसेविकालाई भरतपुर महानगरपालिकाले दियो साइकल, उच्च मनोबलका साथ काम गर्न आग्रह

Banner

चितवन,मंसिर २०-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य प्रवद्र्धनमा महिला स्वयमसेविकाको भूमिका महत्वपूर्ण भएको बताएकी छिन् । १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

‘कोभिड १९ को रोकथाम र समृद्दिका लागी संयूक्त कार्य महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको भूमिका अपरिहार्य’ भन्ने मुल नाराका साथ शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख दाहालले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाइ उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताइन । उनले महिला स्वयमसेविकाहरुलाई उच्च मनोबलका साथ समुदायमा काम गर्न आग्रह गरिन् ।

उनले महानगरका अधिकांश वडामा सुविधासम्पन्न स्वास्थ्य केन्द्रहरू संचालनमा आइरहेको जानकारी दिदै स्वास्थ्यकेन्द्र नभएका वडाहरूमा आगामी आर्थिक बर्ष बजेटको व्यवस्था गरी निर्माण कार्य अगाडी बढाइने बताइन । कार्यक्रममा समुदायको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गर्दै साइकल वितरण गरिएको थियो ।

लामो समयदेखि वडामा काम गरिरहेका ७ जनालाई साइकल प्रदान गरिएको हो । दाहालले आउँदा दिनहरूमा स्वास्थ्यसेवालाई अझै प्रभाबकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरिन । उनले महानगरपालिकाले कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा बिनियोजन गरी यस क्षेत्रको गुणस्तरिय सेवा प्रवाहमा लागिरहेको धारणा राखिन् ।

शिवनगर स्वास्थ्य चौकीको स्तरउन्नती गरी १५ शैयाको सुबिधा सम्पन्न अस्पतालको रूपमा बिकास गर्न महानगरपालिकाले संघिय सरकारसंग बजेट माग गरेको उनले बताइन । कोरोना भाइरसको महामारीसंग जुध्न महानगरले निरन्तर काम गरिरहेको र यसको निदान नहुँदासम्म गरिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रमुख दाहालले लैगिक हिसां बिरूद्दको १६ दिने अभियान अन्तर्गत महानगरले विविध सचेतनामुलक कार्यक्रमहरू अगाडी बढाईरहेको भन्दै कुनैपनि प्रकारका हिंसा आफूलाई स्वीकार्य नहुने बताइन् । भरतपुर महानगरपालिका वडा न १४ का वडाध्यक्ष ओमप्रकाश पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा न १४ का अध्यक्ष बाबुराम दाहाल, नेपाली काँग्रेसका प्रतिनिधी बन्दसिहं गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. बिबेकराज पौडेलले स्वास्थ्य केन्द्रले समुदायमा पु¥याएका सेवाहरु र केन्द्रका समस्याहरूको बारेमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>