Breaking News

चितवनको भरतपुरमा राजावादीको शक्ति प्रदर्शन, हिन्दू राज्य कायम गर्न माग

Banner

चितवन,मंसिर २०-

चितवनको भरतपुरमा आज (शनिवार) राजावादीहरुले मोटरसाइकल जुलुस निकालेका छन् । ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउँदै सयौंको संख्यामा उनिहरुले जुलुस निकालेका हुन् ।

जुलुसमा सहभागीले पञ्चायत र बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’, ‘हिमाल झैं अटल यो’ जस्ता गीत गाएका थिए । ‘गणतन्त्र मुर्दावाद’, ‘ हिन्दू राज्य कायम गर’, ‘जय देश, जय नरेश’ जस्ता नारा लगाइएको थियो । राष्ट्रबादी चितवन समाजको नेतृत्वमा जुलुस निस्किएको हो । भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको जुलुस हाकिमचोक,चौविसकोठी,लायन्सचोक,पुल्चोक आँपटारी हुँदै पुनः केन्द्रिय बसपार्कमा पुगेर कोणसभामा परिणत हुनेछ । कोणसभालाई राजा समर्थकहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

पछिल्लो समय देशभर राजावादीले जुलुस निकालिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>