Breaking News

बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु

Banner

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

यसअघि बैठक धुम्बाराहीमा बस्ने तय भएको भए पनि अन्तिम समयमा बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्ने भनिएको थियो । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृहको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको जनाइएको छ । जोखिम कहाँ र कुन रुपमा आएको भन्ने खुलाइएको छैन ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीलाई विभिन्न विषयमा प्रश्न गर्दै १९ पेज लामो प्रस्ताव ल्याएका थिए भने १३ गतेको सचिवालय बैठकमा ओलीले ३८ पेज लामो जवाफी प्रतिवेदन ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>