Breaking News

हेटौँडा अस्पतालमा आजदेखि आईसीयू सेवा, मुख्यमन्त्रीद्धारा उद्घाटन

Banner

हेटौंडा,मंसिर १५-

मकवानपुरको सरकारी अस्पताल हेटौँडा अस्पतालमा आजबाट थप सेवा दिन सुरु गरेको छ । अस्पतालमा सघन उपचार कक्ष आईसीयू तथा उच्च उपचार कक्ष एचडीयू सञ्चालनमा आएको हो । सात शैय्याको आईसीयू १० शैय्याको एचडीयू आजदेखि सञ्चालनमा आएको हो । आईसीयू अभावका कारण हेटौँडाका निजी अस्पताल र भरतपुर रेफर हुँदै आएका बिरामीको अब भने हेटौँडा अस्पतालमानै उपचार हुने भएको हो ।

दुवै कक्षको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ८ वर्षअघि आईसीयू कक्ष सञ्चालन गर्ने सपना बल्ल पूरा भएको बताउनुभयो । एक जना मात्र डाक्टरले सञ्चालन गरेको इतिहास सम्झँदै मुख्यमन्त्री पौडेलले अब हेटौँडा अस्पतालमा स्वास्थ्य सेवा उच्च रहने बताउनुभयो । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले आईसीयू सञ्चालनपछि अब निकट भविष्यमा काइडोलोजी र प्याथोलोजी सेवा गरिने बताउनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>