मकवानपुर

मकवानपुरमा २२ केजी गाँजाको धूलो बरामद

Banner

चितवन, मंसिर १३-

मकवानपुरको राक्सीराङ गाउँपालिका–३ औलेडाँडामा प्रहरीले २२ केजी गाँजाको धूलो बरामद गरेको छ ।

प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक विशाल लामाको कमाण्डमा दुई जनाको टोली गस्ती गर्दै जाने क्रममा दुई वटा झोला फेला पारेकोमा उक्त झोलाहरु चेकजाँच गर्दा लागूऔषध चरेश बनाउन प्रयोग गरिने गाँजाको धुलो १५ पोकामा २२ केजी बरामद गरिएको प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए । सोही क्रममा दुई जना व्यक्ति फरार रहेकोले खोजी कार्य भइरहेको र बरामद लागूऔषध इलाका प्रहरी कार्यालय मनहरि मकवानपुरमा ल्याइएको प्रहरी निरीक्षक श्रेष्ठले नारायणी अनलाइनलाई बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>