Breaking News
राजसंस्था जिन्दावाद भन्दै नेपालगञ्जमा हिन्दु राष्ट्रवादीको बृहत मोटरसाइकल र्याली
०

नेपालगञ्ज, मङ्सिर १३–
नेपालगञ्जमा हिन्दु राष्ट्रवादीहरुले मोटरसाइकल र्याली निकाले छन् ।
नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट निस्केको र्याली शहीद सेतु विकचोक, पुष्पलालचोक, वीरेन्द्रचोक हुँदै बागेश्वरी मन्दिर भएर र्याली वीरेन्द्रचोकमा आएर कोण सभा गरिएको थियो ।
‘राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र कायम गर, राजा ल्याऊँ, देश बचाऊँ’ जस्ता विभिन्न नारा लगाउँदै ठूलो संख्यामा मोटरसाइकलमा रहेकाहरुले नेपालगञ्ज बजार परिक्रमा गरेका हुन् ।
कोण सभालाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं राप्रपाका नेता डा. धवलशमशेर राणाले धर्म, संस्कृति र परम्परालाई जोगाउन सबै जना पार्टी भन्दा माथि उठ्नु पर्ने बताए ।
उनले हिन्दु राष्ट्र र राजसंस्था फिर्ता ल्याउनका लागि बलिदानी दिन तयार रहनु पर्ने पनि बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























