Breaking News

विश्वभर ४ करोड २७ लाखले जिते कोरोना, १ लाख ५ हजार जनाको अवस्था गम्भीर

Banner

काठमाडौँ, मङ्सिर १३-

विश्वभर ४ करोड २७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ९६ हजार ८५३ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ४ करोड २७ लाख ८३ हजार ७१३ पुगेको हो ।

यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १९ लाख ७९ हजार ९१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख १२ हजार ८२५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६ करोड १२ लाख नाघेको हो ।

संक्रमितमध्ये अहिलेसम्म १४ लाख ४८ हजार ९२४ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर १ करोड ७७ लाख ४७ हजार १० जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार २२४ जनाको अवस्था गम्भीर रहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>