Breaking News

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा, राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिलाई भेट्ने

Banner

काठमाडौं, मंसिर १३-

सरकारले चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङ्वे नेपालको एक दिने भ्रमणमा आउने औपचारिक जानकारी उनको आगमनको एकदिन पहिले दिएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर चिनियाँ रक्षा मन्त्री वेई आइतबार एक दिने भ्रमणका लागि नेपाल आउने औपचारिक जानकारी दिएको हो ।

भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् । सेनाले हेडक्वाटरमा वेईलाई गार्ड अफ अनर पनि प्रदान गर्ने छ । उनी आइतबार नै फर्कने छन् ।

पछिल्लो समय दुई छिमेकी देश भारत र चीनबाट नेपालमा लगातार उच्चस्तरीय भ्रमण भएका छन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाको दुई दिने नेपाल भ्रमणलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई चासोका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>