Breaking News
पछिल्लो २४ घण्टामा १७०३ कोरोना संक्रमित थपिए, २३ को मृत्यु
०

काठमाडौँ मंसिर १२-
पछिल्लो २४ घन्टामा नेपालमा १७०३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय ३६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























