Breaking News

भरतपुर अस्पतालमा आज एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, मंसिर १२–

चितवनमा आज एकैदिन थप दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर–१७ का ५७ वर्षीय पुरुषको आज (शुक्रबार) विहान ५ः१५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

निमोनियाको समस्या भएपछि उनको मंसिर ३ गते पीसीआर परीक्षण गरिएको थियो । अर्को दिन कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।

यस्तै सोही अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा–१० की ५७ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । हिजो मात्रै कोरोना संक्रमणसहित अस्पताल भर्ना भएकी ती महिलाको आज (शुक्रबार) विहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

ती पुरुषमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>