Breaking News

चितवनमा सशस्त्रको थप एक बिओपी स्थापना, ८८ किलोमिटर सिमामा ६ पोष्टबाट निगरानी

Banner

चितवन, मंसिर ११-

चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि आज थप एक बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।

सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनको दक्षिणी सिमा माडीको कल्याणपुरमा थप एक बिओपी थपिएको हो । सशस्त्र प्रहरी नम्बर ३ गढीमाई बाहिनीका बाहिनीपति प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले सो पोष्टको उद्घाटन गरेका हुन् । आज एक बीओपी स्थापनाभएसँगै चितवनमा बीओपीको संख्या ६ ओटा पुगेको सशस्त्र प्रहरी बल १७ नं गणका प्रहरी उपरीक्षक दिपककुमार थापाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ यसअघि माडीको वाल्मीकि आश्रम, गर्दी, छरछरे, कान्छी बगाई, बाँदरझुलालगायत क्षेत्रमा पोष्ट स्थापना भइसकेका छन् । यसको मुख्य उद्देश्य सीमा क्षेत्रको सुरक्षा गर्दै चोरी पैठारी रोक्नु हो ।’

प्रहरी उपरीक्षक थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना भएको बताए । उनले भने, ‘अहिले पोष्ट थपिएपछि सुरक्षा व्यवस्था मजबुत बनाउन थप मद्दत पुग्नेछ ।’ बिहीबार स्थापित बीओपीमा प्रहरी इन्सपेक्टर अनबहादुर गुरुङको कमाण्डमा ३५ जना शसस्त्र प्रहरी तैनाथ भएका छन् । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ । माडीमा भारतसँगको सिमाना जोडिएको अधिकांश निकुञ्ज क्षेत्र पर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>