चितवन विशेष
चितवनका पूर्वप्रहरी प्रमुख कुँवर बने प्रहरीको केन्द्रीय प्रवक्ता
०

चितवन, मंसिर ११-
चितवनमा प्रहरी प्रमुखको जिम्मेवारी समालिसकेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका छन्।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयले एसएसपी कुँवरलाई आज केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको हो । उनी क्षेत्रीको सचिवालयमा हालै सरुवा भएर आएका हुन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगतरूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ । यसअघि प्रहरी प्रवक्तामा कुवेर कडायत थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























