Breaking News
काठमाडौं आउँदै गरेको जिप त्रिशूलीमा खस्यो, आमाछोरीसहित ३ जना बेपत्ता, गोताखोर टोली परिचालन
०

फाइल तस्विर
काठमाडौं, मंसिर ११-
आज (बिहीबार) बिहान प्युठानबाट काठमाडौं आउँदै गरेको जिप त्रिशूली नदीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका छन् । लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान त्रिशूलीमा खसेको हो ।
गोताखोरसहितको प्रहरी टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको छ। जिप फेला परिसकेकाे छैन।
गाडीका चालक सूर्य केसी, यात्रु प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी नदीमा बेपत्ता भएका छन् ।
जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट पौडी खेलेर बाँच्न सफल भएका छन् । तर घाइते छन् ।
उनकाे अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























