समाचार

राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले जनकपुरमा गरे शक्ति प्रदर्शन

Banner

जनकपुरधाम, मंसिर १०-

नेपाल राष्ट्रवादी समूहले बुधबार जनकपुरधाममा नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै शक्ति प्रदर्शन गरेका छन् ।

राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा राजावादीहरुले जनकपुरको रेल्वे स्टेशनबाट निस्केको जुलुस भानूचोक, कदमचोक, विद्यापती चोक, मुख्यमन्त्री कार्यालय अगाडि, मिल्स एरिया, भानूचोक, शिवचोकहरुमा पुगेको थियो।

पूर्व राजा रानीको तस्वीर भएको ब्यानरसहित उनीहरुले राजा आउ देश बचाउको नारा लगाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>