Breaking News
कर्फ्यू अवज्ञा गर्दै आज पनि बर्दिवास तनावग्रस्त, मेयरको पुत्ला जलाइयो
०

काठमाडौं, मंसिर १०-
महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । स्थानीय प्रशासनको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
तर मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो ।
प्रदर्शनकारीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने बजार व्यवसाय पूर्ण रुपमा ठप्प रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























