Breaking News

बर्दिबासमा बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू, ५ जनाभन्दा बढी भेला हुन रोक

Banner

जनकपुरधाम, मंसिर १०-

महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

बालिका बलात्कारपश्चात हत्याको विरोधमा प्रदर्शनमा उत्रेका एक स्थानीयको प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि बढ्दै गएको तनाबका कारण स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।

बुधबार बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए ।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएका उनले बताए।

बर्दिबासमा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोक सम्म निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञा अवधिभर र उक्त क्षेत्र मा ५ जनाभन्दा बढी भेला हुन पाउने छैनन्। निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारू रहने प्रशासनले जनाएको छ ।

आइतबार साँझदेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ का सहिद आलमका ६ वर्षीया छोरीको बलात्कारपश्चात हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा फेला परेको थियो।

बालिका हत्याविरुद्ध मंगलबार दिउँसो बर्दिबास चोकमा प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा बर्दिबास नगरपालिका १ का सञ्जय न्यौपानेको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा काठमाडौँको ग्रान्डी अस्पतालमा गएराति मृत्यु भएको हो।

हत्या आरोपमा अरुणकुमार साह पक्राउ परेका छन् । वैशाखमा भएको हत्यामा पक्राउ परेका उनले एक लाख धरौटीमा छुटेको केही दिनमा नै बालिका हत्या गरेको थाहा पाएपछि स्थानीय अक्रोशित छन् । उनीहरुले साहको घरमा आगजनीसमेत गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>