चितवन विशेष

भोलि चितवनमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक साइकल र्‍याली हुने

Banner

चितवन, मंसिर ९-

लैंगिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियानको पहिलो दिन भोलि चितवनमा सचेतनामूलक साइकल र्‍याली हुने भएको छ ।

‘एक सपना साइकल र सफा नेपालको’सम्बद्ध अभियन्ताहरु तथा वाह बाइक भरतपुर द्वारा लैंगिक हिंसा बिरुद्द सचेतनात्मक साइकल र्‍यालीको कार्यक्रम गर्न लागेका हुन् । चितवनको पोखरा बसपार्कदेखि सुरु हुने र्‍याली पुल्चोक, क्यान्सर हस्पिटल, हाकिम चोक, बाइपास रोड र आपटारी हुँदै पोखरा बसपार्कमा पुगेर समापन हुनेछ ।

त्यसै गरी दुवै संस्थाले ‘लैंगिक हिंसाको अन्त्यः मेरा सपना’ शीर्षकमा भिडियो निबन्ध प्रतियोगिता समेत आयोजना गरेका छन् । कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुने पाउने उक्त प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने एक जनाले वाह बाइकको तर्फबाट एउटा माउन्टेन बाइक पुरस्कार पाउनेछन् । मंसिर १८ सम्म आइपुग्ने भिडियो निबन्धहरुमध्ये उत्कृष्ट एउटालाई २५ मंसिरमा परेको विश्व मानव अधिकार दिवस तथा १६ दिने अभियानको अन्तिम दिन उक्त पुरस्कार दिइने बताइएको छ । उक्त सचेतनात्मक र्‍यालीलाई चितवन उधोग संघ, भरतपुर महानगरपालिका वडा नं १ कार्यलय, होटेल हिमचुली, दियालो परिवारका अध्यक्ष सुरेश खनाल तथा नौलो फुड्स इण्डष्ट्रिजले सहयोग गरेको छ ।

लैंगिक हिंसारहित समाज बनाउने उद्देश्यले नोभेम्बर २५ अर्थात् मंसिर १० गतेबाट विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदैछ । यसपटक चितवनमा पनि सो अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ ।
अभियान नोभेम्बर २५ अर्थात् लैंगिक हिंसा उन्मुलन अन्तर्राष्ट्रिय दिवसका दिन सुरु भएर १० डिसेम्बरमा पर्ने विश्व मानव अधिकार दिवसका दिन टुंगिनेछ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>