Breaking News

महोत्तरीमा बालिका बलात्कार र हत्याविरुद्ध प्रदर्शन, प्रहरीको गोली लागेर तीन जना गम्भीर घाइते

Banner

जनकपुरधाम, मंसिर ९-

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बालत्कार गरी हत्या गरेको भनी त्यसको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।गोली लागी तीनजना प्रदर्शनकारी घाइते भएका छन्।

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रमममा प्रहरी हस्तक्षेप भएको छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको हो ।

स्थानीयका अनुसार प्रहरीको गोलि लागेर बर्दिबास बस्ने ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएका हुन्।

न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेर गम्भीर घाइते भएका छन् । न्यौपाानेको उपचार अहिले बर्दिबासस्थित पिनायक हस्पिटलमा हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ।

अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदै छ।

त्यस्तै प्रहरीको हस्तक्षेपपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास–ढल्केबर सडकखण्ड सुचारु भएको छ भने स्थानीयको प्रदर्शन भने जारी नै रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>