Breaking News
बेवारिसे शव व्यवस्थापन गर्ने १८ वर्षीया सपना रोका बनिन् बीबीसीको १०० प्रभावशाली महिला
०

काठमाडौँ, मंसिर ९–
पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी नेपाली युवती सपना रोका मगर अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्का १०० प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।
जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो।
सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप विकास अभियानको नेतृत्व गरेकी सारा गिल्बर्टसहितका महिला छन् ।
सूचिमा परेकी उनले बेवारिसे शवहरुको व्यवस्थापन सँगै बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी पनि छन् । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























