मकवानपुर

मकवानपुरका ६७३ घरमा खरको छानो फेरिँदै

Banner

हेटौंडा, मंसिर ८-

नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मकवानपुरमा ६७३ विपन्न परिवारको घरको छानो फेरिने भएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरि, राक्सीराङ, ईन्द्रसरोवर, भिमफेदी र मकवानपुरगढी गाउँपालिकामा ६७३ घरमा खरको छानो विस्तापित गरेर जस्ताको छानो लगाइने भएको हो ।

आइतबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका ६७३ लाभग्राही सख्या निर्धारण भएको हो । आर्थिक वर्ष २०७६÷०७७ मै कार्यान्वयन हुनुपर्ने कार्यक्रम कोरोना भाइरस महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेकाले यस वर्ष निरन्तरता दिइएको हो । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको संयोजकत्वमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत हेटौंडा उपमहानगरपालिका क्षेत्रको वडा नम्बर १, ३, ११ र १९ मा १०० घर, भीमफेदी गाउँपालिकामा ५० घर, कैलाश गाउँपालिकामा ७५ घर, मकवानपुरगढी गाउँपालिकामा ५० घर, मनहरि गाउँपालिकामा १०० घर, राक्सीराङ गाउँपालिकामा १७३ घर र इन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणकालागि निर्धारण गरिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत पालिकाका अतिविपन्न, गरिब र भूकम्प पुननिर्माणमा नपरेका परिवारले मात्र यो सेवा प्राप्त गर्ने छन् । बैठकमा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यविधिको संशोधन तथा यसका व्यवस्थाका बारेमा जानकारी दिनुका साथै सो सम्बन्धमा छलफल समेत भएकोे थियो । बैठकले कार्यविधिमा उल्लेख भए बमोजिम आर्थिक वर्ष २०७६÷०७७ को क्रमागत कैलाश, मकवानपुरगढी र मनहरि गाउँपालिकामा छनौटको निर्णय हुन बाँकी लाभग्राही छनौट गर्न तथा आव २०७७÷०७८ मा स्वीकृत संख्याको लाभग्राही छनौटका लागि १५ दिने सूचना जारी गरेर सर्वेक्षण विवरण तयार गरी सघन शहरी तथा भवन कार्यालयमा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको संयोजनमा बसेको बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सम्बन्धित गाउँपालिकाका अध्यक्षहरु, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>