Breaking News

ताप्लेजुङको घुन्सामा पुगे प्रधानमन्त्री ओली,राडीपाखी र गलैंचा बुनाइको अवलोकन

Banner

ताप्लेजुङ,मंसिर ८ –

प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा पुगेका छन् । पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट सिधै घुन्सा आइपुगेका हुन् । ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन गर्नुका साथै घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्ने कार्यक्रम छ ।

घुन्सालाई नमुना गाउँ घोषणा गर्ने र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको घुन्सा फाउन्डेसनका अध्यक्ष याङजुम शेर्पाले जानकारी दिइन । ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् ।

घुन्सामा जिल्ला सदरमुकाम फुङलिङबाट पूर्व सांसद, प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्तालगायतको टोली पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>