Breaking News

अमेरिकामा तयार कोरोना भाइरसविरुद्धको खोप अबकाे १५ दिनमा लगाउन थालिने

Banner

काठमाडौं, मंसिर ८-

अमेरिकाले आफ्ना नागरिकलाई अबको १५ दिन जतिमा कोरोना भाइरसविरुद्धको खोप लगाउन थाल्ने तयारी गरेको छ ।

त्यहाँको कोरोना खोपसम्बन्धी कार्यक्रम प्रमुखका अनुसार आउने डिसेम्बर ११ भित्र सर्वसाधारण नागरिकले खोप पाउने सम्भावना छ ।

डाक्टर मोनसेफ सेलोईले अमेरिकी सञ्चारमाध्यम सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘स्वीकृति प्राप्त भएको २४ घण्टाभित्रै खोप खोपकेन्द्रहरूपमा पुर्‍याउने योजना छ ।’

अमेरिकामा महामारीको तेस्रो लहरले तीव्र गति लिएका बेला उनको यस्तो भनाई आएको हो । महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो हप्तामा संक्रमण, मृत्यु तथा अस्पताल भर्नादर लगातार बढ्दो क्रममा छ ।

अमेरिकाको औषधि कम्पनी फाइजर र उसको सहयोगी बायोनटेकले संयुक्त रूपमा विकास गरेको कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति माग्दै शुक्रबार नियामक निकाय खाद्य एवं औषधि प्रशासन (एफडीए) मा निवेदन दिएका छन् ।

यस विषयमा निर्णय गर्न एफडीएको बैठक डिसेम्बर १० मा बस्ने बताइएको छ ।

डाक्टर सेलोईले सीएनएनसँग एफडीएले अनुमोदन गरेको भोलिपल्टै अर्थात् डिसेम्बर ११ वा १२ तारिखदेखि सर्वसाधारण नागरिकलाई खोप लगाउन थालिने बताएका छन्।

उक्त खोपको अन्तिम परीक्षणको नतिजाले खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसलाई समेत ९४ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

अमेरिकामा दैनिक झण्डै दुई लाख मानिस संक्रमित हुने गरेका छन् पछिल्ला केही दिन यता । कोभिड–१९ बाट अहिलेसम्म दुई लाख ५६ हजार सात सय भन्दा धेरै अमेरिकीको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>