Breaking News

लामो रस्साकस्सीपछि नेकपा सचिवालय बैठक बस्दै

Banner

काठमाडौं, कात्तिक २८-

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवाल बैठक शुक्रबार बस्दैछ । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजेलाई बालुवाटारमा बैठक बोलाएका हुन् ।

लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका हुन् ।

आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न सहमत भएका थिए।

यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>