चितवन विशेष
चितवनमा कैदीबन्दीको मृत्यु
०

चितवन, कार्तिक २८–
चितवनमा आज (शुक्रबार) विहान एक जना कैदीबन्दीको मृत्यु भएको छ ।
कास्कीबाट कर्तब्य ज्यान मुद्दामा पक्राउ परी कास्की कारागारमा कैद भुक्तान गरीरहेको गोरखा खोप्लाङ बस्ने बर्ष ७३ का जगन्नाथ अधिकारीको विहान ७ बजे मृत्यु भएको हो ।
क्यान्सर रोगका बिरामी रहेका अधिकारीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आज विहान ६ः१० बजेको समयमा उनलाई भरतपुर अस्पताल पु¥याईएको थियो ।
कास्कीबाट चितवन कारागार आएर उनी वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गराउँदै कैद भुक्तान गरिरहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























